सरकारसँग शिक्षक महासंघको वार्ता जारी

हिमाल प्रेस १७ वैशाख २०८२ १५:०५
1.1k
SHARES
सरकारसँग शिक्षक महासंघको वार्ता जारी

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता जारी छ। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले मन्त्रालयमा वार्ता सुरु भएको हिमालप्रेसलाई जानकारी दिए।

आजको वार्तामा महासंघमा आबद्ध सम्बद्ध घटकका अध्यक्षहरू पनि उपस्थिति छन्।  एकीकृत अखिल नेपाल शिक्षक महासंघका अध्यक्ष शंकर अधिकारीले पनि मन्त्रालयमा वार्ता सुरु भएको हिमालप्रेसलाई जानकारी दिए।

महासंघले शिक्षा ऐन तत्काल जारी हुने लिखित प्रतिबद्धतासहित ९ बुँदे माग अघि सारेको छ। उक्त सहमतिमा सरकार ‘सकारात्मक’ रहेकाले आजै दुई पक्षबीच हस्ताक्षर हुने सम्भावना रहेको बताइएको छ। ९ बुँदे सहमति मन्त्रिपरिषद्बाट पारित गरेर तत्काल कार्यान्वयन हुनुपर्ने महासंघको भनाइ छ।

तत्काल शिक्षा ऐन जारीको माग राखेर सुरु गरिएको शिक्षक कर्मचारी आन्दोलन आज २९ दिन पुगेको छ।

शिक्षक आन्दोलन, महासचिव थापा भन्छन्- ९ बुँदेमा हस्ताक्षर हुने-नहुने निश्चित छैन

यी कारणले लम्बिन सक्छ शिक्षक आन्दोलन

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast