एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ, नयाँ स्वरूपमा ल्याउँदै छाैँ : निर्देशक कुँवर

हिमाल प्रेस १७ वैशाख २०८२ १०:३३
38
SHARES
एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ, नयाँ स्वरूपमा ल्याउँदै छाैँ : निर्देशक कुँवर

काठमाडौँ- ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुन्। उहाँहरू नभए आज हामी तपाइहरूको अगाडि यसरी उभिन सक्दिन थियौँ। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ’, एलओडी क्लबका निर्देशक भुपेन कुँवर दार्शनिक सुनिए।

दैनिकजसो क्लबमा आउने पाहुना सौभाग्यको एक अंश लाग्थ्यो उनलाई। हामीले यहाँ आएका पाहुनालाई निराश होइन कसरी खुसी बनाएर पठाउन सकिन्छ त्यसैमा घोत्लिन्थे। ठमेल धेरै नेपालीका लागि सपनाको गल्ली हो। जहाँ जोसुकै सहजै पुग्दैनन्। साप्ताहिक विदा विशेष कार्यक्रममा मात्र पुग्छन्।

ठमेल नै किन, कोही किन आउँछन होला? यो प्रश्नले उनलाई धेरै समयसम्म घोचिरह्यो। ठमेल, रात्रीकालीन जीवन वा जीवनका बारेमा सबैका आ-आफ्ना अनुभव छन्। अझ भनौँ तीता-मिठा अनुभव सबैसँग हुन्छन्। मानिससँग कति अनुभव र तनाव छ। तीनै तनावका कथाले भुपेनलाई पनि छोपेको थियो।

अनि उनले सोचे-ठमेल आउनुको एउटै कारण थियो मनको व्यथा भुल्न। सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा उत्सव मनायो। जहाँ उनले कोही किन ठमेल आउने र एलओडीमै किन जाने भन्नेबारे बताइरहेका थिए। एलओडीले यो ठाउँमा ६ वटा वसन्त पार गरिसकेको उनले बताए।

‘हाम्रा पाहुनाहरूलाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौ,’ कुँवरले भने,’ हामीबाट टाढा गएका पाहुना तथा कहिले नआएका पाहुनाहरूलाई यहाँसम्म ल्याउनु नै हाम्रो कर्म रहेको छ । क्लबको पहिलो प्राथमिकता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउने हो। क्लबको अनुशासित वातावरण र कर्मचारीको आतिथ्यता तथा सत्कार पहिलो गहना बनेको छ। मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्‍न सक्नु क्लबको दायित्त्व हो।’

डिजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गरेको छ। जसले यहाँ बसेर र खाएर मनोरञ्जन लिन सक्छन्। उनका अनुसार क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन्। यो क्लबको मेरुदण्ड कर्मचारीहरु हुन्। कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्‍याएको कुँवर बताउँछन्।

‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौँ। यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस भनेर सम्मान गरेर पठाउँछौ। हामी नेपाली समाजदेखि टाढा छैनौं,’ उनी भन्छन्, ‘हामी पनि यहीँ समाजका नागरिक हौँ। हामीप्रति कोही पनि नकरात्मक नभइदिनु होला। हामीले वि:शुद्ध व्यवसाय गरेका हौँ। हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्त्व पुरा गरेका छौँ ।’

रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए। ‘व्यवसायमा उतारचढाव आइरहँदो रहेछ यसलाई व्यवसायीले सिकाइको रुपमा र थप मजबुत हुने अवसरको रुपमा लिनुपर्ने रहेछ,’ अनुभव सुनाउँदै उनले भने।

क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकारात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे। क्लब जाने मानिस बिग्रने, विकृति ल्यायोजस्ता धारणा बन्ने गरेकोप्रति उनले दुःखेसो पोखे। निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई चिर्न सकेको दाबी गरे। क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ।

उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे। ‘नियत खराब भए त कसको के लाग्छ र? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनले अगाडि थपे, ‘यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ। अहिले काठमाडौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ। यो मुलुकका लगि गौरवको विषय बनेको छ।’

विगतमा ठमेल पर्यटकीय क्षेत्र रहेकाले यहाँ आन्तरिक पर्यटक आउन हिच्किचाउने गरेको उनले सुनाए। ‘यहाँबाट महंगी र विकृतिको सन्देश बाहिर गयो। हामीले विकृति नभई सभ्य व्यवसाय गरेर राम्रो सन्देश दिन सफल भएका छाैँ।’ उनले भने।

व्यवसायमा आउनुमात्र ठूलो कुरा नभएर ठाउँमा कसरी टिक्न सकिन्छ भन्ने महत्त्वपूर्ण रहेको उनको बुझाइ छ। कुँवर सुनाउँछन्, ‘हाम्रो व्यवसायिक जीवनमा धेरै पात झरे र पालुवा पनि पलाए। तर हामीले निरन्तर कर्म गर्न भने छोडेनौँ। सायद कर्मको निरन्तरताले हाम्रो भेट जुराएको जस्तो लाग्छ। हामीलाई सञ्चारजगतले ठूलो टेवा पु¥याएको छ।’

कुँवरका अनुसार क्लब सामाजिक न्यायमा सधैँ अडिग छ। लैंगिक समानतालाई पनि उत्तिकै महत्त्व दिएर महिला र पुरुष कर्मचारी बराबर संख्यामा छन्। उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए ।

क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ। नयाँ सिट व्यवस्थापन भइसकेको छ। लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे।

‘अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई कसरी बढिभन्दा बढी मार्केटिङ गर्ने भनेर अगाडि गइन्छ,’ उनले थपे, ‘साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर कार्यक्रम गर्ने योजना छ। ग्राहक तथा पाहुनालाई स्वागत गर्ने तरिकालाई थप प्रभावकारी बनाइनेछ।’

प्रकाशित: १७ वैशाख २०८२ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast