बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव, सबै क्षेत्रमा वर्षासहित हावाहुरीको सम्भावना

हिमाल प्रेस १७ वैशाख २०८२ ६:२४
6
SHARES
बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव, सबै क्षेत्रमा वर्षासहित हावाहुरीको सम्भावना

काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा स्थानमा हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकोले कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १७ वैशाख २०८२ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast