
काभ्रेपलाञ्चोक- काभ्रेको भुम्लु गाउँपालिकास्थित हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-बाफल सडक १५ वर्षपछि करिब ४ किमी पक्की (कालोपत्र) बनाइएको छ। ९ करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले ८ महिना अघिनै काम सकाएको हो।
दोलालघाट-फलाँटे-कोलाँती सडकखण्डमा पनि ६.५ किमी विस्तार हुँदैछ। बाढीले १.५ किमी सडक क्षति पुर्याएपछि नयाँ डिजाइन बनाउने तयारी छ।
१२ करोड रुपैयाँको यो योजना हाल २५% आर्थिक र ४०% भौतिक प्रगतिमा छ।
प्रकाशित: १६ वैशाख २०८२ १७:४४
प्रतिक्रिया