पोखरा विमानस्थलमा भ्रष्टाचार : नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ८ जनालाई निलम्बन गर्न सिफारिस

हिमाल प्रेस १५ वैशाख २०८२ १७:४८
46
SHARES
पोखरा विमानस्थलमा भ्रष्टाचार : नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ८ जनालाई निलम्बन गर्न सिफारिस

काठमाडौँ- सार्वजनिक लेखा समितिबाट गठित उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता एवं भ्रष्टाचार भएको ठहर गर्दै त्यसमा संलग्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका निर्णयकर्ताहरूलाई निलम्बन गर्न सिफारिस गरेको छ।

उपसमितिले सोमबार समितिमा बुझाएको प्रतिवेदनमा बहालवाला निर्णयकर्तालाई निलम्बन गर्न र अवकाश प्राप्त निर्णयकर्तामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको हो।

उपसमितिले विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न जिम्मेवारी प्राप्त सम्पूर्ण निर्णयकर्ता पदाधिकारीहरु र कर्मचारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी २०७१ देखि ७४ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखका रूपमा कार्यरत थिए। यसैगरी उनी २०७८ माघ १७ यता प्राधिकरणको महानिर्देशकका रूपमा कार्यरत छन्।

कारबाहीका लागि सिफारिस गरिएका अर्का व्यक्ति हुन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनाकर्मी। उनी २०७४ देखि हालसम्म आयोजना प्रमुखका रूपमा कार्यरत छन्।

उपसमितिले राष्ट्रिय गौरव आयोजना निर्देशक चाँदमाला श्रेष्ठ, राष्ट्रिय गौरव आयोजनाका इन्जिनियर प्रविन न्यौपाने, राष्ट्रिय गौरव आयोजनाका प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक बाबुराम पौडेलललाई तत्काल निलम्बन गरी कारबाही गर्न सिफारिस गरेको छ।

उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम (२०७२ देखि ७६ सम्म) र नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेल (२०७६ देखि ७८ सम्म) लाई पनि शीघ्र छानबिन र अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्न गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देश गर्न सिफारिस गरेको छ।

पोखरा विमानस्थल निर्माणमा मन्त्रालय तहबाट सवा २ अर्ब भ्रष्टाचार

पोखरा विमानस्थलमा ‘भ्रष्टाचार’, संसदीय प्रतिवेदनमा एमाले सांसद गोकुल बास्कोटाले किन राखे फरक मत?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast