नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

हिमाल प्रेस १५ वैशाख २०८२ १६:४६
6
SHARES
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १४ दशमलव ५३ अंकले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो।

आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार मूल्य बराबरको कारोबार भएको छ।

आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूहको उपसूचक दुई दशमलव १४ प्रतिशतले घटेको हो।

प्रकाशित: १५ वैशाख २०८२ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast