नेपाली चियाको प्रबर्द्धनका लागि दिर्घकालीन सोचका साथ अघि बढन अवश्यक छ : कृषिमन्त्री अधिकारी

हिमाल प्रेस १५ वैशाख २०८२ १६:३७
4
SHARES
नेपाली चियाको प्रबर्द्धनका लागि दिर्घकालीन सोचका साथ अघि बढन अवश्यक छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सफल भएको बताएका छन्।

२९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विभिन्न चुनौतीहरुका बीच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा स्थान बनाएको बताए।

उनले यो चिया कृषक, मजदुर, उधोगी व्यवसायी, सहकारी र सरकारको सामूहिक प्रयासबाट सम्भव भएको उल्लेख गरे।

मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा रहेका बेला चियामा आत्मनिर्भरमात्रै नभएरभारतसहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना दे्खिएको मन्त्री अधिकारीले उल्लेख गरे।

बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न मन्त्री अधिकारीले वोर्डलाई निर्देशन दिए।

प्रकाशित: १५ वैशाख २०८२ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast