स्याङ्जामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जिप क्षतिग्रस्त

हिमाल प्रेस १५ वैशाख २०८२ १६:२१
6
SHARES
स्याङ्जामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जिप क्षतिग्रस्त

पोखरा– स्याङ्जामा दुई छुट्टाछुटुटै सवारी दुर्घटना भएको छ। दुवै दुर्घटनामा जिप क्षतिग्रस्त भए पनि मानवीय क्षति टरेको छ।

सोमबार बिहान सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर १, लामाचौरमा कुखुरा बोकेको जिप दुर्घटना भएको हो।

दाङबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ६४३३ नम्बरको जिप ब्रेक फेल भई सडकको छेउको पर्खाल र प्रतीक्षालयमा ठोक्किएको थियो।

दुर्घटनामा जिपमा रहेको ४ सय ५० कुखुरामध्ये ३ सय वटा मरेका छन्।

यस्तै, गएराति स्याङ्जाकै हरिनाश गाउँपालिका वडा ६, गैराखोला राजस्वाँरास्थित भित्री सडक खण्डमा जिप दुर्घटना भएको हो। दुर्घटनामा गाडी पूर्ण रुपमा क्षति भएको छ।

वालिङबाट क्याक्मी जाँदै गरेको ग १ ज ५७०३ नम्बरको जिप ब्याक गर्ने क्रममा गएराति साढे ९ बजे सडकदेखि करिब ५ सय मिटर तल सिस्नेखोलामा खसेको थियो।

दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए।

प्रकाशित: १५ वैशाख २०८२ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast