घरजग्गा कारोबारबाट राजस्व संकलन बढ्यो १३.८९ प्रतिशत

हिमाल प्रेस १५ वैशाख २०८२ १५:३०
4
SHARES
घरजग्गा कारोबारबाट राजस्व संकलन बढ्यो १३.८९ प्रतिशत

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २ करोड  रुपैयाँ राजस्व संकलन भएको छ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा घरजग्गा कारोबारबाट २९ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। अघिल्लो वर्षभन्दा बढेको रकम प्रतिशत १३.८९ हो।

चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गा कारोबारबाट प्राप्त पुँजीगत लाभकर १७ प्रतिशतले वृद्धि भएको छ। साउन देखि चैतसम्ममा पुँजीगत लाभकर संकलन १२ अर्ब ८ करोड  रुपैयाँ छ, जुन गत आर्थिक वर्षको शोही अवधिमा संकलन गरिएको १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढी हो।

खरिद गरेको पाँच वर्षभित्र जग्गा बिक्रीबाट प्राप्त नाफामा ५ प्रतिशत पुँजीगत लाभकर लाग्छ भने त्यसपछिका बिक्रीमा यो दर २.५ प्रतिशतमा झर्छ।

राजस्व संकलन वृद्धि भइरहे पनि विभागले घरजग्गा कारोबारको संख्यामा सुधार नआएको जनाएको छ।

मालपोत कार्यालयहरूले घरजग्गा कारोबारबाट दर्ता शुल्कसहित करिब आधा दर्जन शीर्षकमा विभिन्न कर संकलन गर्छन्। यसमध्ये दर्ता शुल्कपछि पुँजीगत लाभकर राजस्वको सबैभन्दा ठूलो स्रोत हो।

विभागका अनुसार देशभरका मालपोत कार्यालयहरूले यो आर्थिक वर्षमा औसत मासिक ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेका छन्। साथै चालु आर्थिक वर्षमा पुँजीगत लाभकरको मासिक औसत संकलन १ अर्ब ३४  करोड रुपैयाँ छ।

प्रकाशित: १५ वैशाख २०८२ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast