कोहली र क्रुनालको अर्धशतकीय ब्याटिङमा आरसीबी शीर्षमा

हिमाल प्रेस १५ वैशाख २०८२ ७:००
कोहली र क्रुनालको अर्धशतकीय ब्याटिङमा आरसीबी शीर्षमा

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्समाथि सहज जित निकाल्दै रोयल च्यालेन्जर्स बैगलुरू (आरसीबी) शीर्षमा पुगेको छ। जितको लागि १६३ मध्यमस्तरीय लक्ष्यलाई आरसीबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्‍यो।‌

लक्ष्य पूरा गर्ने क्रममा आरसीबीले २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब बेथेल १२ रनमा र देवदत्त पाडिक्कल बिना कुनै रनमा आउट हुँदा कप्तान रजत पाटिदार ६ रनमा रन आउट हुन पुगे। तर त्यसपछि विराट कोहली र क्रुनाल पाण्ड्याले चौथो विकेटको लागि ११९ रनको साझेदारी गर्दै जितको आधार बनाए। विराट ५१ रनमा आउट भए।

क्रुनालले ४७ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा अविजित ७३ रन जोड्दै आरसीबीलाई सहज जित दिलाए। बलिङमा अक्षर पटेलले २ विकेट लिए। त्यसअघि अरूण जैटली स्टेडियममा आरसीबीले टस जितेर फिल्डिङ रोजेको थियो।

दिल्लीले २० ओभरमा ब्याटिङमा संघर्ष गरेको दिल्लीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेन। दिल्लीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १६२ रनको योगफल बनायो। ओपनर अभिषेक पोरेल २८ रनमा र करूण नायर ४ रनमा आउट भए। २ विकेटको नोक्सानीमा दिल्लीले ४४ रन मात्र बनाएको थियो।

अर्का ओपनर फाफ डु प्लेसिस २२ रनमा, कप्तान अक्षर पटेल १५ रनमा र केएल राहुल ४१ रनमा आउट भए। लगतै आशुतोष शर्मा २ रनमा पबिलियन फर्कदा ६ विकेटको नोक्सानीमा दिल्लीले १ सय २० रन बनायो।

यसपछि मिचेल स्टार्स बिना कुनै रन आउट हुन पुगे। ट्रिस्टान स्टब्स १८ बल खेल्दै ३४ रनको पारी खेले। बलिङमा जोश हेजलउड २ र भुवनेश्वर कुमारले ३ समान विकेट झारे।

१० खेलबाट १४ अंक बनाउँदै आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानको गुजरातले आरसिबीको भन्दा २ खेल कम खेलेको छ। ९ खेलमा‌ दिल्लीको १२ अंक छ।

प्रकाशित: १५ वैशाख २०८२ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast