नेपालमा भित्रियो जलवाष्पयुक्त हावा, सबै क्षेत्रमा वर्षा हुने

हिमाल प्रेस १५ वैशाख २०८२ ६:२४
12
SHARES
नेपालमा भित्रियो जलवाष्पयुक्त हावा, सबै क्षेत्रमा वर्षा हुने

काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ।

यसले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रकाशित: १५ वैशाख २०८२ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast