हतकडीसहित अभियुक्त फरार

हिमाल प्रेस १४ वैशाख २०८२ २०:१३
26
SHARES
हतकडीसहित अभियुक्त फरार

सुदूरपश्चिम– मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई हतकडीसहित फरार भएकी छन्।

मानव बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आइतबार धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकोमा उनी हतकडीसहित फरार भएकी हुन्।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पु¥याएको बेला शाही फरार भएकी बताए।

उनलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो।

प्रकाशित: १४ वैशाख २०८२ २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast