स्थानीय तहसम्म आपतकालीन गोदामघर बनाऔँ : गृहमन्त्री लेखक

हिमाल प्रेस १४ वैशाख २०८२ १७:०७
10
SHARES
स्थानीय तहसम्म आपतकालीन गोदामघर बनाऔँ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

काठमाण्डौँ– गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार गृहमन्त्रीसँग विपद् सम्वाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद्सित सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताए।

‘काठमाण्डौँमा तपाईँ हामी बसेर नीति निर्माण गर्ने हो,’ गृहमन्त्री लेखकले भने, ‘तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो।’

उनले हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर आधारभूत सामाग्रीहरु राख्नुपर्ने बताए।

‘प्रत्येक पालिकमा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन। प्रत्येक पालिकाका आफ्ना कार्यालय छन् नी त्यो कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ,’ मन्त्री लेखकले भने, ‘त्यसमा आधारभूत सामाग्री राखौँ। ती गोदामघरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ। तर आधार स्थानीयलाई बनाऔँ। हामी सबै त्यसमा जट्नुपर्छ।’

उनले चार वटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाण्डौँबाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए।

‘प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाण्डौँमा प्राधिकरणसित समन्वय गर्नुपर्ने स्थिति थियो,’ उनले भने, ‘अहिले नीतिगत निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गर्ने काम भएको छ।’

विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने उनको भनाइ थियो। ‘विपद्काको विषय सम्बोधन हुनुका लागि पूर्वसूचना समयमा हुनुप¥यो,’ उनले भने, ‘विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुर्ननिर्माण र पुर्नस्थापन महत्वपूर्ण विषय हुन।’

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका काम संगठित भएर हुनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast