शिक्षक आन्दोलनमा ६५ जना घाइते [नामावली]

हिमाल प्रेस १४ वैशाख २०८२ १४:४० | Sunday, April 27, 2025
2
SHARE
शिक्षक आन्दोलनमा ६५ जना घाइते [नामावली]

काठमाडौँ- काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्डमा जारी शिक्षक आन्दोलन आज झडपमा परिणत हुँदा ६५ जना घाइते भएका छन्।

शिक्षकहरूले निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने प्रयास गर्दा नेपाल प्रहरी हस्तक्षेपमा उत्रिएको थियो। स्थिति नियन्त्रणमा ल्याउने क्रममा दुवै पक्षबीच झडप भएको हो।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनमा ६५ जना घाइते भएको हिमालप्रेसलाई जानकारी दिए। उनले भने, ‘६५ जना घाइते शिक्षकहरूको उपचार भइरहेको छ।’ अध्यक्ष अधिकारीको भनाइमा अन्य घाइतेहरूको परिचय खुल्न बाँकी छ।

घाइतेहरूको उपचार सिभिल, एभरेष्ट अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ।

शिक्षक आन्दोलन आज २६ औं दिन पुगेको छ। उनीहरूले तत्काल अग्रगामी शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

 

संकटको घेरामा शिक्षक आन्दोलन

आन्दोलनरत शिक्षक कर्मचारीलाई अपमान नगर्न प्रधानमन्त्रीलाई सांसद छिरिङको चेतावनी

संसद्‌मा शिक्षा समिति सभापतिले भने- सहमति कार्यान्वयन नगर्दा शिक्षकहरूले सरकारलाई विश्वास गरेनन्

प्रकाशित: १४ वैशाख २०८२ १४:४० | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast