
काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई जिल्लाभरिका स्थानीय तहगत शिक्षक दरबन्दी तथा राहत अनुदान कोटाको विवरण अद्यावधिक गरी तोकिएको म्यादभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ।
केन्द्रले दिएको सूचनामा उल्लेख भएअनुसार यसअघि स्वीकृत शिक्षक दरबन्दी र राहत अनुदान कोटाको विवरण स्थानीय तहको समन्वयमा संकलन गरी तय गरिएको ढाँचामा Excel Sheet तयार पार्नुपर्नेछ। उक्त विवरणको Soft Copy इमेल ठेगाना [email protected] मा पठाउनुका साथै प्रमाणित प्रति वैशाख २५ गतेभित्र शिक्षक व्यवस्थापन समन्वय शाखामा पेश गर्नु पर्नेछ।
बोधार्थका लागि, देशभरिका ७५३ स्थानीय तहहरूलाई आवश्यक समन्वय तथा सहयोग पुर्याउन समेत जानकारी गराइएको छ।
प्रकाशित: १४ वैशाख २०८२ १०:५५
प्रतिक्रिया