
काठमाडौँ- नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धानको कार्यालयले कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन संलग्न भएको आरोपमा शनिबार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात लामो समयदेखि फरार थिइन्। उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।