नक्कलीले होइन सक्कलीले मात्रै बचाउँछ गणतन्त्र : सचिव पाण्डेय

हिमाल प्रेस १३ वैशाख २०८२ १९:५७
26
SHARES
नक्कलीले होइन सक्कलीले मात्रै बचाउँछ गणतन्त्र : सचिव पाण्डेय नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव सोमप्रसाद पाण्डेय

बुटवल– नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नक्कली गणतन्त्रवादीहरुले गणतन्त्र जोगाउन नसक्ने बताएका छन्।

उनले कतिपय नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारमा बसे पनि उनीहरु असली गणतन्त्रवादी नहुँदा राजावदीहरु सक्रिय भएको बताए।

नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सचिव पाण्डेयले यस्तो बताएका हुन्।

आफूहरुले ठूलो संघर्ष र त्यागबाट गणतन्त्र ल्याएको बताउँदै नक्कली गणतन्त्रवादीहरुकै कारण राजतन्त्रको चर्चा भइरहेको आरोप लगाए।
पूर्वमन्त्री पाण्डेयले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अगुवाईमा गणतन्त्र प्राप्त भएको बताउँदै जोगाउने दायित्व पनि समाजवादीसँगै रहेको बताए।

‘६२/६३ सालको जनआन्दोलनपछि गणतन्त्र ल्याउन स्व. गिरिजा प्रसाद कोईराला, माधव कुमार नेपाल र प्रचण्डबीच मात्रै सम्झौता भएको हो,’ उनले भने, ‘हस्ताक्षरकर्ताको नाताले पनि गणतन्त्रप्रतीको माया हाम्रो पार्टीलाई छ।’

उनले वर्तमान सरकारकै कारण मुलुकमा निराशा बढेको समेत बताए। जनतामा सरकारले उत्साहभन्दा निराशा बढाउने काम गरेकै कारण राजतन्त्रवादीहरु सक्रिय भएको उनको भनाइ छ। उनले राजावादीहरुको सक्रियता हुनुमा सरकार नै जिम्मेवार रहेको बताए।

अहिले मुलुकमा देखिएको कुशासन, भ्रष्टाचार अन्त्यका लागि अब आफूहरु आन्दोलनको तयारीमा रहेको समेत बताए।

संविधानमा लेखिएअनुसार समाजवादी जाने स्पष्ट कार्यक्रम आफूहरुले मात्रै ल्याउने उनको दाबी छ।

पाण्डेयले मुकुलमा देखिएको भ्रष्टाचारको अन्त्य गरी रोजगारीको ग्यारेन्टी गर्ने गरी समाजवादी कार्यक्रम महाधिवेशनले पारित गरेको बताउँदै पार्टी निर्माणमा एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित: १३ वैशाख २०८२ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast