
काठमाडौँ- काठमाडौँ महानगरपालिकामा आइतबार शोकबिदा दिइने भएको छ।
पूर्वउपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोकबिदा रहने महानगरपालिकाका प्रशासन प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन्।
कांग्रेस नेतासमेत रहेका डंगोलको शुक्रबार निधन भएको थियो। उनी २०४३ सालमा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च थिए।
प्रकाशित: १३ वैशाख २०८२ १५:०४
प्रतिक्रिया