गरिबी, असमानता र शोषणविरूद्धको संघर्ष विश्व्यापी रूपमा अगाडि बढाउनुपर्छ : अध्यक्ष यादव

हिमाल प्रेस १३ वैशाख २०८२ १४:४१
8
SHARES
गरिबी, असमानता र शोषणविरूद्धको संघर्ष विश्व्यापी रूपमा अगाडि बढाउनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असमानता र शोषणविरूद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

भारतको हैदराबादमा प्रोग्रेसिभ एलायन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष यादवले विश्वभरिका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानुनी न्याय सुनिश्चित हुनुपर्ने बताए।

जलवायु परिवर्तनको प्रभावबाट कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण प्रबन्ध गरिनुपर्ने उल्लेख गर्दै उनले विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर कमजोर र विकासशील देशहरूले बेहोरिरहेको हुँदा यसका लागि विसित देशहरूले पर्यावरणीय क्षतिको कमजोर जिम्मेवारी लिनुपर्ने बताए।

वैश्विक व्यापार, कर प्रणाली र ऋणको बोझले धनी र गरिब देशहरूबीच आर्थिक अन्तर बढ्दै गएको उल्लेख गर्दै उनले अर्थको न्यायपूर्ण वितरणमा चुनौती उत्पन्न गरेको बताए।

जाति, लिङ्ग, धर्म, वर्ग, राष्ट्रियता आदिका आधारमा भेदभाव बढ्दै गएको भन्दै अध्यक्ष यादवले मानिसको मौलिक अधिकारको रक्षा, शिक्षा स्वस्थ्य र रोजगारीमा सबैको पहुँच, महिला, अल्पसंख्यक तथा सीमान्तकृत वर्ग समुदायको अधिकार, स्रोत साधनमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गर्न आवश्यक रहेको बताए।

भारदको हैदराबादमा तेलांगाना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलायन्सको आयोजनामा भइरहेको तीन दिवसीय सम्मेलनमा सयभन्दा बढी मुलुकका चार सयबढी समाजवादी राजनीतिक पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast