स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा पहिलो क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ सम्पन्न

हिमाल प्रेस १२ वैशाख २०८२ १९:३९
स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा पहिलो क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ सम्पन्न

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) ले नियामक निकाय र प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा सफलतापूर्वक कार्यशाला सम्पन्न गरेको छ।

अन्तर्राष्ट्रिय बैंकिङमा वित्तीय सञ्चालन बलियो बनाउन, अनुपालन मापदण्ड सुधार गर्न र विश्वव्यापी उत्कृष्ट अभ्यास प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरेको हो।

बिहीबार र शुक्रबार काठमाडौँमा आयोजना भएको दुईदिने कार्यशालाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए।

उनले नेपालमा यस्ता कार्यक्रम आयोजना गर्नुको आवश्यकता औल्याउँदा क्षेत्रीय विषयविज्ञहरू ल्याउने एससीबीको प्रयासको सराहना गरे। साथै उनले वित्तीय अपराधविरूद्ध लड्न सरकार र वित्तीय क्षेत्रबीचको समन्वयमाथि जोड दिए।

दुई दिने कार्यक्रममा एसियान र दक्षिण एसियाका १५ देशहरूबाट आएका १३० भन्दा बढी प्रतिनिधि सहभागी थिए। गोष्ठीमा केन्द्रीय बैंक, नियामक निकाय र बैंकिङ क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

विशेषज्ञहरूले सञ्चालन गरेको कार्यशाला, समूह छलफल र केस स्टडीमार्फत बैंकिङ र डिजिटल क्षमताहरूको प्रगतिबारे जानकारी गराएका थिए।

गोष्ठीमा जोखिम व्यवस्थापन, एन्टी–मनी लन्डरिङ र आतंकवादी वित्तीयकरणविरूद्धका उपाय, कानुनी कारबाही, सीमापार कारोबारमा देखिने चुनौती, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयलगायतका विषयहरू समावेश गरेको थियो।

नेपालका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले गोष्ठीको उद्देश्य एन्टी मनी लन्डरिङलगायतका विषयमा जानकारी गराएका थिए।

दुईदिने कार्यक्रममा क्यास प्रोडक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक चानी सिओङ, हेड अफ क्लाइन्ट एन्ड थर्ड पार्टी इन्टिेलिजेन्सका कार्यकारी निर्देशक क्रिस फ्लेमिङ, एसियान र दक्षिण एसियाका हेड अफ स्यान्क्शन्स कम्प्लयान्स सेर्हाने भिक्टर र एफसीसी एक्ट प्रमुख तथा एसीसी जोखिम विशेषज्ञ निर्देशक जयेश कदमले प्रशिक्षण दिएका थिए।

प्रकाशित: १२ वैशाख २०८२ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast