
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ता र संवादको माध्यमबाट शिक्षकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
संसद् भवन बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले सरकार शिक्षकहरूसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका हुन्। मन्त्री पन्तले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आग्रहसमेत गरे।
उनले संविधान, ऐन कानुनको सीमाभित्र रहेर देशको बजेटले धान्ने गरी समाधान खोज्न तयार रहेको पनि बताए।
प्रकाशित: १२ वैशाख २०८२ १५:४८
प्रतिक्रिया