सहरमा आजः ‘कथा-एक’ नाटक मञ्चनसहित नेपाली र हिन्दी फिल्मले भरिपूर्ण हल तर छैनन् दर्शक

हिमाल प्रेस १३ वैशाख २०८२ ५:३२
56
SHARES
सहरमा आजः ‘कथा-एक’ नाटक मञ्चनसहित नेपाली र हिन्दी फिल्मले भरिपूर्ण हल तर छैनन् दर्शक

काठमाडौँ- आज वैशाखको दोस्रो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। त्यस्तै थिएटरमा नाटक,  पुस्तक विमोचन, चित्रकला प्रदर्शनी, सांगीतिक कार्यक्रम पनि भइरहन्छ।

याे साता हलमा हेर्ने हाे भने हिन्दी र अंग्रेजी गरी १२ फिल्मकाे साे छ। तर दर्शककाे उपस्थिति न्युन रहेकाे हल सञ्चालकहरु बताउँछन्।

मण्डलामा नाटक ‘कथा-एक’ मञ्चन
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘कथा–एक’ मञ्चन भइरहेको छ। वैशाख १२ देखि मञ्चन भइरहेको नाटक सम्बन्धको कथामा आधारित छ। नाटकका निर्देशक अनुप न्यौपाने हुन्। निर्देशक न्यौपानेसहित प्रेम शिलवाल विश्वकर्माले नाटकको कथा लेखेका छन्।

नाटकमा वेदना राई, प्रेम शिलवाल विश्वकर्मा, मिलन कार्की, सम्योग गुरागाईं, सनम श्रेष्ठ, कृस्टिना बस्नेतर अजय कार्कीको अभिनय छ। शनिबार दिउँसो ३ बजे र साँझ ६ः३० बजे दुई सो हुँदैछ।

हलमा कुन कुन फिल्म?
भूठान
विनोद पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म ‘भूठान’ वैशाख १२ देखि प्रदर्शन भइरहेको छ। वरिष्ठ कलाकार हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म आप्रवासी भूटानीको कथामा आधारित छ। फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, दयाहाङ राई, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय छ।

क्यूएफएक्स सिनेमाज अन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, सिटी स्वायर मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको १८ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘भूठान’ चलिरहेको छ।

खेल
फिल्म ‘खेल’ वैशाख १२ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक अनुराग प्रधान र आस्था श्रेष्ठ हुन्। मिथकीय कथामा आधारित फिल्ममा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, किरण श्रेष्ठ लगायतको अभिनय छ।

क्यूएफएक्स सिनेमाज अन्तर्गत उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिटी स्वायर मल र छाया सेन्टरमा फिल्मको १६ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘खेल’ प्रदर्शनरत छ।

ओइ भुत्नी के
बलिउड फिल्म ‘ओइ भुत्नी के’ वैशाख १२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक अजय कैलाश यादव हुन्। हररसहित कमेडी जनरामा बनेको फिल्ममा मिमोह चक्रवर्ती, चाहत मुगल, जीत रायदत्त, डायना खानलगायत कलाकारको अभिनय छ।

क्यूएफएक्स सिनेमाज अन्तर्गत उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, छाया सेन्टरमा फिल्मको ५ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाज बलिउड फिल्म ‘ओइ भुत्नी के’ चलिरहेको अन्य हल हुन्।

अन्दाज अप्ना अप्ना
बलिउड फिल्म ‘अन्दाज अप्ना अप्ना’ वैशाख १२ देखि नेपालमा पुनः प्रदर्शन भइरहेको छ। कमेडी र रोमान्टिक जनरामा बनेको फिल्ममा आमिर खान, सलमान खान, करिश्मा कपूरलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक राजकुमार सन्तोषी हुन्।

क्यूएफएक्स सिनेमाज अन्तर्गत उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, छाया सेन्टर र लबिम मलमा फिल्मको ८ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिटी सिनेमाजमा बलिउड फिल्म ‘अन्दाज अप्ना अप्ना’ चलिरहेको छ।

केशरी च्याप्टर २
बलिउड फिल्म ‘केशरी च्यापटर २’ वैशाख ५ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता अक्षय कुमार छन्। फिल्मका निर्देशक करण सिंह हुन्। फिल्ममा पञ्जाबस्थित जलियावाला बागमा सन् १९१९ अप्रित १३ मा भएको हत्याकाण्डमा आधारित छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र सिटी स्वायर मलमा फिल्मको १३ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘केशरी च्यापटर २’ चलिरहेको छ।

पिताम्बर
कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ गतवर्ष चैत २९ देखि हलमा प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, प्रमोद अग्रहरि, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिटी स्वायर मलमा फिल्मको १३ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिडिसी सिनेमाज, सिके सिनेमाज फिल्म ‘पिताम्बर’ चलिरहेको अन्य हल हुन्।

जाट
हिन्दी फिल्म ‘जाट’ गतवर्ष चैत २८ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशम गोपीचन्द मालिनेली हुन्। एक्सन, ड्रामा र थ्रिलर जनरामा बनेको फिल्ममा सन्नी देओल मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको ५ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, सिटी सिनेमाजमा फिल्म ‘जाट’ चलिरहेको छ।

वसन्त
फिल्म ‘वसन्त’ गतवर्ष चैत २२ देखि प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक प्रकाश सपुत हुन्। प्रकाशकै मुख्य भूमिका रहेको फिल्ममा स्वस्तिमा खड्का प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्ग बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ। फिल्ममा विपन्न विश्वकर्मा समुदायका छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको लबिम मल, सिटी स्क्वायर मल र विश्वज्योति हलमा फिल्मको सो छ।

अ माइनक्राफ्ट मुभि
अंग्रेजी फिल्म ‘अ माइनक्राफ्ट मुभि’ नेपालमा गतवर्ष चैत २२ देखि प्रदर्शन भइरहेको छ। एक्सन, कमेडी र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक जारेड हेस हुन्। फिल्ममा जेनिफर कूलिज, जेसन मोमोआ, एम्मा मायर्सलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, लबिम मलमा तीन सो छ।

अञ्जिला
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो ‘अञ्जिला’। फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ। यो फिल्म गतवर्ष फागुन २९ देखि हलमा चलिरहेको छ। एञ्जिला स्वयःको अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र सिटी स्क्वायर मलमा फिल्मको ५ सो छ। एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म ‘अञ्जिला’ चलिरहेको छ।

होस्टेल ३
गतवर्ष फागुन २३ देखि हलमा ‘होस्टेल ३’प्रदर्शन भइरहेको छ। होस्टेलकै कथामा बनेको फिल्ममा सबै कलाकार नयाँ छन्। फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ। सशान कँडेलको निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ।

शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

लाज शरणम्
गतवर्ष फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म ‘लाज शरणम्’ को सो छ।

प्रकाशित: १३ वैशाख २०८२ ५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast