प्रकृतिलाई बिगारेर जोखिम निम्त्याउने काम नगरौँ : गृहमन्त्री

हिमाल प्रेस १२ वैशाख २०८२ १५:०७
6
SHARES
प्रकृतिलाई बिगारेर जोखिम निम्त्याउने काम नगरौँ : गृहमन्त्री गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन्।

ललितपुर महानगरपालिकाले शुक्रबार आयोजना गरेको ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ लाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन्।

उनले विगतमा भोगेको विपद् र तिनले पुर्‍याएको जनधनको क्षतिका साथै पुर्‍याएका पीडा स्मरण गर्न कार्यक्रम भएको बताउँदै आगामी दिनमा भूकम्पलगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए।

‘हाम्रो नियतका कारण प्रकृतिलाई बिगार्‍यौँ भने हामी आफैँ जोखिममा पर्छौँ,’ उनले भने,‘हामीले निर्माण गर्ने भौतिक संरचना मजबुत हुन जरूरी छ, प्रकृतिलाई सुरक्षित राख्न जरूरी छ, विपद्मा खोज उद्धार र राहतका प्रतिकार्य गर्न जरूरी छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्न हरेक दिन तयारी गर्नुपर्छ।’

गृहमन्त्री लेखकले विपद्पछिको पुनः निर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको भन्दै प्रशंसा गरे।

‘पुनः निर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, ललितपुर महानगरले विपद् व्यवस्थापनमा अनुकरणीय काम गरेको छ, हामी जोखिमपूर्ण भूभागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पनको पूर्वानुमान गर्न सकिँदैन। तसर्थ भूकम्प जतिसुकै बेला पनि आउनसक्छ भनेर तयारी गर्नुपर्ने छ,’ उनले भने।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाब महर्जनले नेपालमा २९३ वटा नगरपालिकामध्ये विपद् व्यवस्थापनमा ललितपुर महानगर अब्बल रहेको दाबी गरे।

प्रकाशित: १२ वैशाख २०८२ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast