आन्दोलनस्थलबाट वार्ताका लागि शिक्षा मन्त्रालय हिँडे शिक्षक महासंघका पदाधिकारी

हिमाल प्रेस १२ वैशाख २०८२ १४:५८ | Friday, April 25, 2025
आन्दोलनस्थलबाट वार्ताका लागि शिक्षा मन्त्रालय हिँडे शिक्षक महासंघका पदाधिकारी

काठमाडौँ- नेपाल शिक्षक महासंघ सरकारसँग वार्ता गर्न तयार भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिममन्त्री रघुजी पन्तले वार्तामा डाकेपछि आफूहरू केही बेरमा वार्तामा बस्न लागेको महसंघका महासचिव तुलाबहादुर थापाले हिमालप्रेसलाई जानकारी दिए।

शिक्षामन्त्रीसँगको वार्तामा महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासंघकी सहअध्यक्ष एवम् आन्दोलनकी संयोजक नानुमाया पराजुली, अर्थ उपमहासचिव मदनराज जोशी मन्त्रालयतर्फ हिँडेको थापाले बताए। महासंघका चारैजना पदाधिकारी बिजुलीबजारस्थित आन्दोलनस्थलबाट सीधै मन्त्रालय हिँडेका हुन्।

नेपाल शिक्षक महासंघ चैत २० गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छ। उनीहरू विद्यालय शिक्षा विधेयक तत्काल ऐनका रूपमा जारी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन्। यसअघि पूर्वशिक्षामन्त्री विद्या भट्टराईले पटकपटक वार्ताका लागि डाक्दा पनि शिक्षकहरू वार्ता हैन ऐन जारी हुनुपर्ने पक्षमा अडिग रहँदै आएका थिए।

शिक्षक महासंघलाई सरकारले फेरि डाक्यो वार्तामा

प्रकाशित: १२ वैशाख २०८२ १४:५८ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast