अनुप निर्देशित नाटक ‘कथा-एक’ मञ्चन आजदेखि

हिमाल प्रेस १२ वैशाख २०८२ १२:१४
24
SHARES
अनुप निर्देशित नाटक ‘कथा-एक’ मञ्चन आजदेखि

काठमाडौँ- कवि तथा रंगकर्मी अनुप न्यौपानेको डेब्यु निर्देशनमा नाटक ‘कथा–एक’ मञ्चन हुने भएको छ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि मञ्चन हुन लागेको हो।

नाटक सम्बन्ध र त्यसमा आइपर्ने उतारचढावको कथामा आधारित रहेको निर्देशक न्यौपानेले बताए। उनले भने ‘यो सम्बन्धमा हुने क्षमा र स्वीकारको पनि कथा हो। हामीले नाटकमा सम्बन्धमा खोजिने प्रेम, आकर्षण, एकअर्कालाई स्वीकार्नु, मतभेद हुनु, असहजता सिर्जना हुनु, बहकिनु अनि महसुस गर्नु र फर्किनुजस्ता घटनाक्रमलाई प्रस्तुत गरेका छौँ।’

निर्देशक न्यौपाने र प्रेम शिलवाल विश्वकर्माले नाटकको कथा लेखेका हुन्। नाटकमा वेदना राई, प्रेम शिलवाल विश्वकर्मा, मिलन कार्की, सम्योग गुरागाईं, सनम श्रेष्ठ, कृस्टिना बस्नेत र अजय कार्कीको अभिनय छ।

यही २८ वैशाखसम्म मञ्चन हुने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ६ः३० बजे मञ्चन हुनेछ। शुक्रबार, शनिबार र आइतबार नाटकको २ सो मञ्चन हुने निर्देशक न्यौपानेले बताए।

प्रकाशित: १२ वैशाख २०८२ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast