एमाले नेता महेश बस्नेतको टिप्पणी- शिक्षक आन्दोलन मात्तिएको छ, माग पूरा गर्दा विकास खर्च कटौती हुन्छ

हिमाल प्रेस १२ वैशाख २०८२ ११:३३
1.2k
SHARES
एमाले नेता महेश बस्नेतको टिप्पणी- शिक्षक आन्दोलन मात्तिएको छ, माग पूरा गर्दा विकास खर्च कटौती हुन्छ

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँमा जारी शिक्षक आन्दोलन मात्तिएको टिप्पणी गरेका छन्।

लोकतन्त्र दिवसको दिन बिहीबार भृकुटीमण्डपमा आयोजित एमालेको युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै बस्नेतले शिक्षा ऐनका लागि गत चैत २० गतेदेखि जारी सडक आन्दोलन ‘मात्तिएको’ टिप्पणी गरेका हुन्।

उनले शिक्षक कर्मचारीका प्रतिनिधिहरू र सरकारबीच होटल होटलमा अनौपचारिक वार्ता भइरहेको दाबी गरे। उनले सहमझदारी र वार्ताबाहेक अर्को विकल्प नभएको बताए। उनले भने,‘शिक्षक आन्दोलन यति धेरै मात्तिएको छ कि प्रधानमन्त्रीबाहेक अरुसँग वार्ता गर्दिनँ भन्छ, साँझ साँझ ठूल्ठूला होटलमा अनौपचारिक खालका वार्ता गर्छ। मात्तिएको आन्दोलनलाई उचालिएको छ।’

नेता बस्नेतले शिक्षकहरूको माग पूरा गर्दा राज्यले तीन चार खर्ब दायित्व बेहोर्नुपर्ने बताए। उनले भने, ‘शिक्षकहरूको माग सम्बोधन गर्दा वर्षको तीन चार खर्ब दायित्व राज्यले बेहोर्नुपर्छ। त्यो भनेको जनताको विकासमा खर्च हुने रकम कटौती हुने हो।’

त्यसैगरी, नेता बस्नेतले शिक्षकहरूले आफ्नै छोराछोरीलाई आफ्नै विद्यालयमा पढाउने आँट किन गर्नुभएको छैन? भनि प्रश्नसमेत गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast