‘हेल्लो काँशीराम’ को गीत सार्वजनिक

हिमाल प्रेस ११ वैशाख २०८२ १६:५१
10
SHARES
‘हेल्लो काँशीराम’ को गीत सार्वजनिक

काठमाडौँ- आगामी जेठ २ देखि प्रदर्शन हुने फिल्म ‘हेल्लो काँशीराम’ को ‘झ्यामकी मादल झ्याम’ बोलको गीत सार्वजनिक भएको छ।

बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीत गायक प्रताप दास र मेलिना राईले गाएका छन्। नरेन्द्र वियोगी र बिपिन आचार्यको संगीत संयोजन छ।

गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसीलगायत कलाकारको नृत्य देख्न सकिन्छ।

फिल्मका लेखक निर्देशक रिम विश्वकर्मा हुन्। फिल्ममा दिलीप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायत कलाकारको अभिनय छ। निर्देशक विश्वकर्माका अनुसार फिल्ममा अभिनेत्री प्रियंका कार्कीलाई विशेष भूमिकामा देख्न पाइनेछ।

रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको छ। पी.बी. थापाले लगानी गरेको फिल्म यम आलेको छायांकन, मित्र डी. गुरुङको सम्पादन र रंग संयोजनमा बनेको छ।

प्रकाशित: ११ वैशाख २०८२ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast