
काठमाडौँ- राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा सांगठनिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले बताए।
उनले भने, ‘आजको बैठकमा केही महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भाबी योजनाबारे खाकासहित धारणा राख्नुहुनेछ।’
तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ। तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ।
प्रकाशित: ११ वैशाख २०८२ ७:१६
प्रतिक्रिया