हैदरबादको हार, मुम्बईको सहज जित

हिमाल प्रेस ११ वैशाख २०८२ ७:०६
8
SHARES
हैदरबादको हार, मुम्बईको सहज जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरबादलाई हराउँदै मुम्बई इन्डियन्सले जित निकालेको छ। हैदरबादले दिएको १४४ रनको लक्ष्य मुम्बइले १५ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए। १९ बलमा सूर्यकुमार यादव ४० रनमा अविजित रहँदै टिमलाई जित दिलाए। विल ज्याक्सले २२ रन बनाएका थिए। बलिङमा जयदेव उनादकट, इशान मालिंगा र जिशन अन्सारीले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरबादले ८ विकेट गुमाएर १४३ रन बनायो। ओपनर ट्राभिस हेड बिना रन जोडी आउट भए। इशान किशन १ रनमा, अविनाश शर्मा ८ रनमा र नितिश कुमार रेड्डी २ रनमा पबिलियन फर्किए। यसपछि पाँचौं विकेटको रूपमा अंकित बर्मा १२ रनमा आउट भए।

त्यसपछि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौं विकेटको लागि ९९ रन बनायो। अभिनव ४३ रन बनाएर आउट भए। हेन्रिकले ४३ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गर्दै ७१ रनको पारी खेले।

बलिङमा ट्रेन्ट बाउल्टले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। दीपक चाहरले २ विकेट झारे।

प्रकाशित: ११ वैशाख २०८२ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast