एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो र एकमात्र कम्पनी

हिमाल प्रेस १० वैशाख २०८२ २१:३९
एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो र एकमात्र कम्पनी

काठमाडौँ– एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सुचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ। सूचना प्रविधि विभागले एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सुचीकृत गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्थाबमोजिम एनसेल सूचीकृत भएको हो।

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेस भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापदण्ड तथा सुरक्षा अनुसरण गरेको देखिएकोले कम्पनीलाई सूचीकृत गरिएको हो।

निर्देशिकाअनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो। एनसेलले यो अवधिभन्दा पहिला नै आफूलाई सूचीकृत गराएको हो।

यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो। निर्देशिकाले सेवा प्रदायकहरूका लागि सुरक्षा, गोपनीयता र पूर्वाधारलगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ।

डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशकाको व्यवस्थाबमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि सूचीकृत गराएको छ।

‘हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापण्डहरू अनुसार काम गर्दै आएकाले सूचीकरणको प्रक्रिया सहज भएको हो। सूचीकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौँ। डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा यो सूचीकरण अत्यन्त महत्वपूर्ण छ। यसले डिजिटल नेपाल भिजनअनुरुप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ। यो सूचीकरणका लागि हामी सूचना प्रविधि विभागप्रति धेरै अभारी छौँ,’ एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने।

सूचीकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिल्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुललगायतका कागजात तथा विवरणहरूको अध्ययन गरेको एनसेलले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८२ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast