नेपाल–भारत मैत्री केन्द्रद्वारा जम्मु-कश्मीर घटनाको निन्दा

हिमाल प्रेस १० वैशाख २०८२ १७:१०
10
SHARES
नेपाल–भारत मैत्री केन्द्रद्वारा जम्मु-कश्मीर घटनाको निन्दा

लुम्बिनी– भारतको जम्मु– कश्मीरस्थित पहलगाममा भएको आतंकारी घटनाप्रति नेपाल–भारतमैत्री केन्द्र केन्द्रीय समितिले दुःख व्यक्त गरेको छ।

मैत्री केन्द्रका केन्द्रीय अध्यक्ष सिद्धार्थ अग्रवालले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै यो आतंककारी घटनाको जति खेद र निन्दा गरे पनि कम हुने जनाएका छन्।

घटनाले आफूहरुलाई मर्माहत र दुःखी तुल्याएको अग्रवालले बताए। ‘यो खबरले मैत्री केन्द्र मर्माहत भएको छ र यस्ता आतंकारी घटनाको हामी जहिल्यै घोर भत्र्सना गर्छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘मानवीय क्रुरताको यो घटना इतिहासकै कलंकित छ र रहिरहनेछ।’

कश्मीरमा मंगलबार भएको आतंकारी घटनामा परिवारसहित घुम्न गएका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ का सुदीप न्यौपानेको ज्यान गएको छ।

यस्तै त्यहाँ घुम्न गएका पर्यटकसहित कम्तिमा २६ भारतीयको ज्यान गएको थियो। मैत्री केन्द्रले मृतक सम्पूणप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदनासमेत व्यक्त गरेको छ।

‘हामी घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ। यस्तो दुःखद् घडीमा मैत्री केन्द्र र नेपाली जनता सधैँ भारतीय जनताको साथमा रहेको समेत स्मरण गराउँछौँ,’ विज्ञप्तीमा भनिएको छ।

मैत्री केन्द्रले यस्ता कायरतापूर्ण घटनाको जति निन्दा गरे पनि कम हुने जनाउँदै यस विषयमा भारत सरकारलाई गम्भीरतापूर्वक छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन समेत माग गरेको छ।

मानवीय जीवनमा यस्ता आतंककारी घटना घट्नु भनेको कायरतापूर्ण रहेको जनाउँदै मैत्री केन्द्रले विश्व समुदायलाई घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन हातेमालो गर्न समेत अपिल गरेको छ।

नेपाल–भारत सम्बन्ध सदियौँदेखि प्रगाढ र सौहार्दपूर्ण रहेको जनाउँदै एउटा असल छिमेकीको नाताले भारतमा भएको आतंककारी घटनाकोविरुद्ध गोलबद्ध भई सहयोग र सहकार्य गर्न समेत सबै नेपालीहरुमा मैत्री केन्द्रले आग्रह गरेको छ।

प्रकाशित: १० वैशाख २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast