महाकालीमा भइरहेको सीमा अतिक्रमणलाई रोक : झलनाथ खनाल

हिमाल प्रेस १० वैशाख २०८२ ९:३९
20
SHARES
महाकालीमा भइरहेको सीमा अतिक्रमणलाई रोक : झलनाथ खनाल पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले नेपाली भूमि मिचेर नेपाल-भारत सीमा क्षेत्रको महाकाली नदीको किनारामा तटबन्ध बनाउन लागेको विषयप्रति सरकारले कदम बढाउन अनुरोध गरेका छन्।

उनले विज्ञप्तिमार्फत सीमा क्षेत्रमा करिब ४० रोपनी नेपालको भूभाग महाकाली नदी पारी समेत पुगेको र भारतले एक एकलौटी ढंगले कब्जा गरेर भारतीय पक्षले त्यो भूभागमा तटबन्ध बनाइरहेको कुरा स्मरण गराएका छन्।

उनले सोही भूमिमा नेपालकै नाप नक्सा रहेको दाबी गर्दै दार्चुलाको खलंगास्थित आम जनता र स्थानीय जिल्ला प्रशासनले समेत उक्त भूभाग नेपालको हो भन्दाभन्दै भारतीय पक्षले नेपाली भूभागलाई कब्जै गरेको बताएका छन्।

प्रकाशित: १० वैशाख २०८२ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast