उपचारमा जानुअघि धवलले राजवादी शक्तिलाई भने : सानो चित्त, संकीर्णता र कुण्ठाले आन्दोलन अघि बढ्दैन

हिमाल प्रेस १० वैशाख २०८२ ९:०६
194
SHARES
उपचारमा जानुअघि धवलले राजवादी शक्तिलाई भने : सानो चित्त, संकीर्णता र कुण्ठाले आन्दोलन अघि बढ्दैन राप्रपा महामन्त्री धवल शमशेर। तस्बिर : शमशेर सचिवालय

काठमाडौँ- २१ दिन हिरासत बसेर छुटेका राप्रपा महामन्त्री धवल शमशेर जबरा आज उपचारका लागि भारतप्रस्थान गर्दैछन्।

यसअघि भारतकै अस्पतालमाक्यान्सरको उपचार गराएका उनी आज फलोअपका लागि जान लागेका हुन्। उनलाई नियमित उपचारमा जानकै लागि हिरासतबाट हाजिरीजवानीमा रिहा गरिएको थियो। उनी गत चैत १५ को तीनकुने प्रकरणमा संलग्न रहेको भन्दै सोही दिन पक्राउ परेका थिए।

उपचारका लागि भारतप्रस्तान गर्नुअघि सबै राजावादी शक्तिलाई एक भएर अघि बढ्न अनुरोध गरेका छन्। उनले राजतन्त्र पुनर्स्थापनाका लागि सबैले सानो चित्त, संकीर्णता र कुण्ठाले आन्दोलन अघि बढ्न नहुने बताएका छन्।

उनले ‘राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन, धर्म,संस्कृति पहिचानको रक्षा,आर्थिक समृद्धिको निमित्त अब सम्पूर्ण राष्ट्रवादी ,हिन्दुवादी ,राजावादी , प्रजातन्त्रवादी र परिवर्तन पक्षधर एक ठाउँमा उभिनुपर्दछ।’ उनले भनेका छन्,’अहिले व्यक्ति गौण कुरा हो, एजेन्डा महत्त्वपूर्ण हो।’

सामाजिक सन्जालमार्फत महामन्त्री जबराले यो लडाइँ आस्था र विचारको भएको भन्दै मनपरितन्त्रको विरुद्धको आन्दोलन रोक्न नमिल्ने बताएका छन्।आफू हिरासतमा बस्दा सुभेक्ष्या राख्नेप्रति उनले आभार प्रकट गरेका छन्। साथै रिहाइ नभएका रवीन्द्र मिश्रसहितका नेताहरू अविलम्ब रिहा हुनुपर्ने माग राखेका छन्।

प्रकाशित: १० वैशाख २०८२ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast