
काठमाडौँ- नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानलबाट समिर रिजाल निर्वाचित भएका छन्।
उनले नेविसंघका मोहम्मद प्रबेजलाई ११७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।निर्वाचनामा एक हजार ६५३ मत खसेको थियो।
सचिव र कोषाध्यक्षमा भने नेविसंघका उम्मेद्वार विजयी भएका हुन्।
प्रकाशित: ९ वैशाख २०८२ ७:५४
प्रतिक्रिया