अब यातायात कार्यालयमा अनलाइनबाटै भुक्तानी

हिमाल प्रेस ८ वैशाख २०८२ २१:२८
18
SHARES
अब यातायात कार्यालयमा अनलाइनबाटै भुक्तानी

इटहरी – कोशी प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालयमा अब अनलाइन भुक्तानी हुने भएको छ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले सोमबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयहरूमा अनलाइन भुक्तानी सेवा सुरू गर्ने क्रममा इटहरीमा रहेको कार्यालयबाट सेवा सुरू गरिएको मन्त्री भण्डारीले बताए।

अनलाइन भुक्तानी सेवा सुरू गरिएपछि सेवाग्राहीलाई लाइन बसेर भुक्तानी गर्नुपर्ने झन्झटिलो अवस्था नहुने उनले बताए।

अब कोशी प्रदेशका यातायात कार्यालयमा सेवाग्राहीले स्वयं आफ्नो काम सहज रूपमा गर्न सक्ने जिकिर गरे।

यातायात व्यवस्था कार्यालय कोशीअन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, उदयपुर र ओखलढुङ्गा गरी सात जिल्लाका ८ स्थानमा रहेका कार्यालयबाट सेवा प्रवाह हुने गरेको छ।

प्रकाशित: ८ वैशाख २०८२ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast