शिक्षक आन्दोलनबारे कांग्रेस गम्भीर, वार्ता छिट्टै निष्कर्षमा पुग्ने महरको दाबी

हिमाल प्रेस ८ वैशाख २०८२ १५:५०
308
SHARES
शिक्षक आन्दोलनबारे कांग्रेस गम्भीर, वार्ता छिट्टै निष्कर्षमा पुग्ने महरको दाबी नैनसिंह महर।

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता एक/दुई दिनभित्रै निष्कर्षमा पुग्ने बताएका छन्।

पार्टी कार्यालय सानेपामा भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग शिक्षा विधेयकबारे धारणा तय गर्न आयोजित छलफलमा महरले सरकार र सरोकारवालाबीच गम्भीर संवाद भइरहेको जानकारी गराए।

‘शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरूबीचमा गम्भीर छलफल भइरहेको छ। नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस भइरहेको छ,’ उनले भने।

शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया नै अवरुद्ध हुनुका साथै कक्षा १२ को परीक्षासमेत अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै कांग्रेस समस्या समाधानमा गम्भीर रहेको उनले बताए। उनले सरकारलाई समेत माग सम्बोधनमा गम्भीर हुन आग्रह गरेका छन्।

२०७५, २०७८ र २०८० सालमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमति अनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक कर्मचारीहरू शैक्षिक गतिविधि ठप्प पारेर २० दिनदेखि काठमाडौँको सडकमा आन्दोलित छन्।

विद्यालय कर्मचारी परिषद्ले महासंघलाई अवगत गरायो आफ्ना माग


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast