दानव नदीमा तीन बालक बेपत्ता

हिमाल प्रेस ८ वैशाख २०८२ १५:११
8
SHARES
दानव नदीमा तीन बालक बेपत्ता बेपत्ता बालकको खोजीमा खटिएका सुरक्षाकर्मी। तस्बिर स्रोत : सशस्त्र प्रहरी बल

काठमाडौँ- रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा तीन बालक बेपत्ता भएका छन्। उनीहरू सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन्। बेपत्ता बालकहरुको खोजीकार्यका लागि सशस्त्र प्रहरी खटिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनीहरु दिउँसो करिब साढे १२ बजे बेपत्ता भएको जानकारी प्राप्त भएको थापाले बताए।

उनले भने, ‘घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन भएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast