
काठमाडौँ- सोमबार फेरि सुनको भाउले नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
यसअघि बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँको उच्च कीर्तिमान रहेको थियो चाँदीको मूल्य भने केही दिनयता स्थिर छ। प्रतितोला १ हजार ९६० मा चाँदीको कारोबार भइरहेको छ।
प्रकाशित: ८ वैशाख २०८२ ११:१३
प्रतिक्रिया