सकियो चौथो ग्रामीण चलचित्र महोत्सव, जितु नेपालले पाए उत्कृष्ट अभिनेताको अवार्ड

हिमाल प्रेस ७ वैशाख २०८२ १६:३०
44
SHARES
सकियो चौथो ग्रामीण चलचित्र महोत्सव, जितु नेपालले पाए उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौंँ- नेपाल ग्रामीण चलचित्र महोत्सवकाे चौथो संस्करण रसुवामा सकिएको छ। आयाेजकका अनुसार महोत्सवमा जितु नेपालले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्। उनले फिल्म ‘ज्वाइँ साब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्।

उत्कृष्ट अभिनेत्रीमा केकी अधिकारी घोषित भइन्। उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन्।त्यस्तै फिल्म ‘पुजार सार्की’बाट अभिनेता प्रदीप खड्काले उत्कृष्ट एक्टर (जुरी) अवार्ड पाए। उत्कृष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’ का रामहरी खड्का, कल्चर फिल्म ‘आप्लेगा नाम्सा’ र फिल्म ‘प्याकुली’बाट रोनिस खड्काले इन्करेजमेन्ट अवार्ड जितेका छन्।

उत्कृष्ट सर्ट फिल्म ‘म कमरेड’ बाट निर्मल पौडेल, उत्कृष्ट डकुमेन्ट्रीतर्फ ‘माझी’बाट सबिर श्रेष्ठ, उत्कृष्ट फिल्म अन्जीला’बाट प्रेम श्रेष्ठले अवार्ड जिते। भरत रेग्मीले फिल्म ‘पूजार सार्की’ बाट उत्कृष्ट सम्पादकको अवार्ड जिते। त्यस्तै फिल्म ‘बोक्सीको घर’बाट शिवराम श्रेष्ठले उत्कृष्ट छायाकारको अवार्ड पाए।

उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘अञ्जिला’ बाट मिलन चाम्सले जिते। जुरी मेन्सन अवार्ड ऋषिराज आचार्य फिल्म ‘द्रौपदी’ पायो। जुरी अवार्ड निर्देशक वसन्त निरौला फिल्म ‘ज्वाई साब’, उत्कृष्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’ बाट मनोज श्रेष्ठले जिते।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतालाई अवार्ड तथा प्रमाणपत्र वितरण गरे।

गोसाईकुण्ड गाउँपालिका, रसुवामा वैशाख ४ देखि सम्म महोत्सवमा फिचर, छोटो, डकुमेन्ट्री गरी २२ फिल्म प्रदर्शन गरेको आयोजकले जनाएको छ।

महोत्सव नेपाली महिला फुटबल टोलीको क्याप्टेन ए्ञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित ‘अञ्जिला’ देखाउँदै सुरु भएको थियो। पहिलो दिन ‘पुजार सार्की’ र ‘बोक्सीको घर’ पनि देखाएका थिए।

‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ चार वर्षदेखि सेलीब्रेटी नेपालले नियमित महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। महोत्सवले गाउँ गाउँमा फिल्म संस्कृतिको विकास गर्नमा टेवा पु¥याउने उनकाे विश्वास छ।

समापन कार्यक्रममा रेडियो रसुवाका पत्रकार दिपक लामालाई नगद ५,५५५ सहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ का निर्माता नविन श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित: ७ वैशाख २०८२ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast