ट्रम्पको विरोधमा अमेरिकामा प्रदर्शन

हिमाल प्रेस ७ वैशाख २०८२ १५:१७
8
SHARES
ट्रम्पको विरोधमा अमेरिकामा प्रदर्शन तस्बिर : रासस/एएफपी

काठमाडौँ– अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन भएको छ। ट्रम्पले हालसालै लिएका निर्णयहरूको विरोधमा अमेरिकी नागरिकले विभिन्न सहरमा प्रदर्शन गरेका हुन्।

यो आन्दोलनलाई ‘५०५०१’ भनिएको छ। यसको अर्थ ‘५० प्रदर्शन’, ‘५० राज्य’ र ‘१ आन्दोलन’। अमेरिकामा कुल ५० राज्य रहेका छन्।

प्रदर्शनकारीहरूले ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ ले सरकारी जागिरमा गरेको कटौती र अन्य खर्च कम गर्न गरेको निर्णयविरूद्ध प्रदर्शनकारीहरूले विरोध गरेका हुन्।

प्रदर्शनकारीहरूले गल्तीले अल साल्वाडोर निर्वासित गरिएका किल्मर अब्रेगो गार्सियासहित अन्य मुद्दाका विरोधमा प्रदर्शन गरेका छन्।

हजारौँको संख्यामा रहेका प्रदर्शनकारीले न्यूयोर्क, वासिङ्टनलगायतका सहरहरूमा राष्ट्रपति ट्रम्पविरूद्ध प्रदर्शन गरेका छन्।

न्यूयोर्कमा प्रदर्शनकारीहरूले ‘अमेरिकामा कुनै राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गर्नुहोस्’ जस्ता प्लेकार्डसहित राष्ट्रपति ट्रम्पको विरोधमा उत्रिएका थिए।

आप्रवासीहरूलाई पक्राउ गर्न आप्रवासन र भन्सार प्रवर्तन एजेन्सीको भूमिकाका सन्दर्भमा धेरैले ‘नो आइसीई, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ’ भन्ने प्लेकार्ड बोकेर प्रदर्शनकारीहरू प्रदर्शनमा उत्रिएका थिए।

प्रकाशित: ७ वैशाख २०८२ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast