पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन कुनै बन्देज छैन’

हिमाल प्रेस ७ वैशाख २०८२ १४:४७
6
SHARES
पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन कुनै बन्देज छैन’

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताएका हुन्।

पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पार्टीमा क्रियाशिल हुन इच्छुक देखिएपछि पार्टीको जिम्मेवारीमा फर्किएको उनले बताए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट पारे। प्रचण्डले गणतन्त्रमाथि कुनै खतरा नरहेको उल्लेख गरे।

उनले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको जिकिर गरे। अहिले दलहरु गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उनको भनाइ छ । यद्यपि गणतन्त्रका विषयमा दलहरुबीच कुनै विमत्ति नरहेको उनले बताए।

प्रचण्डले ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बने आफुहरुको समर्थन रहे पनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने बताए। उनले अहिलको गठबन्धन संविधानको भावनाविपरित भएकाले गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको बताए।

प्रकाशित: ७ वैशाख २०८२ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast