बढ्यो वैदेशिक व्यापार, निर्यात भएका मुख्य पाँच वस्तुसहित

हिमाल प्रेस ७ वैशाख २०८२ १४:०५
6
SHARES
बढ्यो वैदेशिक व्यापार, निर्यात भएका मुख्य पाँच वस्तुसहित वीरगन्ज भन्सार। फाइल तस्बिर

काठमाडौँ- चालु आव २०८१/८१ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार ६.४५ प्रतिशतले बढेको छ। यस अवधिमा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँको व्यापार भएको भन्सार विभागले आइतबार प्रकाशित गरेको वैदेशिक व्यापार प्रतिवेदनमा उल्लेख छ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा निर्यात ६५.१६ प्रतिशतले वृद्धि भई १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको तुलनामा निकै बढी हो।

समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशत छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ८.८९ प्रतिशतबाट बढेको छ। यद्यपि कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.११ प्रतिशतबाट घटेर ८७.४३ प्रतिशत भएको छ।

आयात चालु आर्थिक वर्षको नौ महिना अवधिमा १२.१८ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको ११ खर्ब ६७ अर्ब  ३६  करोड रुपैयाँभन्दा बढी हो।

निर्यातमा वृद्धि भए पनि नेपालको व्यापार घाटा ६.४५ प्रतिशतले विस्तार भई ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको १० खर्ब ५३ अर्ब ४२ करोड  रुपैयाँभन्दा बढी हो।

प्रमुख ५ आयात वस्तु

डिजेल
कच्चा सोयाबिन तेल
पेट्रोल
तरल पेट्रोलियम ग्यास (एलपीजी)
फलामको कच्चा पदार्थबाट प्रत्यक्ष कटौतीद्वारा प्राप्त फलामका उत्पादनहरू)

प्रमुख ५ निर्यात भएका वस्तु

सोयाबिन तेल (कच्चा बाहेक) र यसका अंशहरू
सूर्यमुखी र कुसुम तेल (कच्चा बाहेक) र यसका अंशहरू
ठूलो अलैँची (पिसिएको वा नपिसिएको)
ऊन वा जनावरको रौँबाट बनेका गलैँचा र अन्य कपडा भुइँ छोप्ने सामग्री
फलाम/इस्पात, चौडाइ एल्यूमिनियम-जस्ता मिश्र धातुले प्लेटेड

प्रकाशित: ७ वैशाख २०८२ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast