मौरीपालक किसानको संख्या बढ्यो, यसवर्ष उत्पादन घट्यो

हिमाल प्रेस ७ वैशाख २०८२ ८:३३
6
SHARES
मौरीपालक किसानको संख्या बढ्यो, यसवर्ष उत्पादन घट्यो फाइल तस्बिर

चितवन- गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ। अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो।

उनले भने, ‘लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ।’ अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको संख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो।

अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो संख्या बढेर आठ हजार ३९८ किसानले मौरीपालन गरेका छन्। तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको संख्यामा कमी आएको छ। व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ रहेकामा गत वर्ष घटेर एक हजार ५६८ जनामा झरेको उनले बताए।

उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन्। घरपालुवा सेरेना मौरी पाल्ने किसानको संख्या भने बढेको छ। अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान संख्या छ हजार १३५ रहेकामा गत वर्ष यो संख्या बढेर छ हजार ८३० पुगेको उनले बताए।

उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए। विसं २०८० मा तीन हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासंघले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८२ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast