‘प्रहरी एक्लैको प्रयासमा अपराध नियन्त्रण सम्भव छैन’

हिमाल प्रेस ६ वैशाख २०८२ २१:०४
8
SHARES
‘प्रहरी एक्लैको प्रयासमा अपराध नियन्त्रण सम्भव छैन’

कास्की– नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले प्रहरी र स्थानीय समुदाय, संघसंस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्यबाट अपराध रोकथाम गर्न सकिने धारणा राखे।

विभिन्न सचेतनामूलक कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा समेत सामुदायिक सेवा केन्द्रको योगदान भएको खण्डमा समाजमा शान्ति कायम गर्न सघाउ पुग्ने उनले बताए।

प्रहरी महानिरीक्षक थापाले भने, ‘समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीलाई गराइ अपराधीलाई कानुनी दायरामा ल्याउन समुदाय र प्रहरीको साझेदारी आवश्यक छ। यसबाट छिटो अपराध अनुसन्धानमा सहयोग पुग्दछ।’

थापाले देशभर रहेका एक सय ८१ सामुदायिक सेवा केन्द्रले प्रहरी र नागरिकका बीचमा पुलको रूपमा काम गरेर सुमधुर सम्बन्ध कायम राखी शान्ति सुव्यवस्था, अमनचयन कायम राख्ने तथा अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गरेको बताए।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भीम पराजुलीले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा घट्ने आपाराधिक घटनामा कमी आएको बताए।

प्रकाशित: ६ वैशाख २०८२ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast