शिक्षा ऐनको लडाइँ : आन्दोलन मात्रै विकल्प!

हिमाल प्रेस ६ वैशाख २०८२ ७:३३
324
SHARES
शिक्षा ऐनको लडाइँ : आन्दोलन मात्रै विकल्प!

काठमाडौँ- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी शिक्षा ऐन नै लक्ष्य भएकाले सशक्त रूपमा आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीहरूलाई आह्वान गरेका छन्। आन्दोलन अझै लम्बिने उनले संकेत गरेका छन्। गत चैत २० गतेदेखि काठमाडौँको सडकमा सुरु भएको आन्दोलन आज १८ औं दिन पुगेको छ।

अध्यक्ष सुवेदीले शनिबार बिहान भने, ‘हामी एक-दुई सानातिना मागहरूको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौं। विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो। समग्र परिस्थितिको मूल्यांकन गर्दा हामी अझै आन्दोलनको मोर्चामा डटीरहनुपर्ने अवस्था छ।’

सुवेदीले शिक्षक कर्मचारीहरूले अहिलेसम्म जे जति उपलब्धि पाएका छन् ती सबै आन्दोलनको बलमा नै भएको बताए। उनले भने, ‘अब पनि जे पाउने छौं, त्यो आन्दोलनकै बलमा पाउनै छौं। यो सत्यलाई हृदयंगम गरौं।’

अध्यक्ष सुवेदीले शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँगको भेटका कुरा आन्दोलनमा सम्प्रेषण गर्ने पनि बताए। आन्दोलनको मोर्चामा मर्यादित, संयमित र अनुशासति हुन उनको आग्रह छ।

प्रधानमन्त्री-महासंघबीच भेट : प्रधानमन्त्रीले भने- सल्लाह गरेर ऐन जारीको निर्णय लिन्छु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast