अभियान र अधिवेशन बैशाखसम्म सक्ने जसपा नेपालको तयारी

हिमाल प्रेस ६ वैशाख २०८२ ६:४६
10
SHARES
अभियान र अधिवेशन बैशाखसम्म सक्ने जसपा नेपालको तयारी जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)नेपालले संगठन निर्माण अभियान र मातहत समितिको अधिवेशन बैशाखसम्म सक्ने तयारी गरेको छ।

पार्टीले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ र स्थानीय तहदेखि प्रदेश समितिसम्मको अधिवेशन बैशाख महिनासम्म सक्ने पार्टीको तयारी रहेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

गत वर्षको जेठ मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको जसपा नेपालले एक वर्षभित्र मातहत समितिको अधिवेशन सक्ने गरी कार्यतालिका बनाएको छ।

स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिको अधिवेशन सम्पन्न गरी बैशाख मसान्तसम्म पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको प्रमुख बस्नेतको भनाइ छ।

पार्टीको केन्द्रीय समितिको बैठकमा अभियानमा खटाइएका केन्द्रीय अभियन्ताहरुको कामको प्रतिवेदन र त्यसको समीक्षापश्चात निष्कर्ष निकाल्दा अभियानलाई बैशाख मसान्तसम्म जारी राख्ने निर्णय भएको थियो।

अभियानका दौरानमा पार्टी प्रवेश कार्यक्रम, संगठनात्मक गतिविधि बढेको र सदस्यता नवीकरण कार्य भइरहेको र सबै प्रदेशमा विभिन्न तहगत समितिको अधिवेशन भइरहेको उनले बताए।

प्रकाशित: ६ वैशाख २०८२ ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast