केपी ओली टी– २० क्रिकेट प्रतियोगिता : गण्डकी हिरोज च्याम्पियन

हिमाल प्रेस ५ वैशाख २०८२ १८:४८
4
SHARES
केपी ओली टी– २० क्रिकेट प्रतियोगिता : गण्डकी हिरोज च्याम्पियन

पोखरा– मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा भएको दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज च्याम्पियन बनेको छ।

शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा फाइनलमा सीईसी काठमाडौँलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियनसहित १० लाख रुपैयाँ प्राप्त गर्न सफल भयो। उपविजेता काठमाडौँले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

काठमाडौँका दीपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए। उनले ३० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट ब्याटर अत्तरियाका विपीन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजयकुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे।

१८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए। किरण ठगुन्नाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारि खेल्दै आउट भए। तसुजन थपलिया ३५ रनमा अउट भए। दीपक डुुम्रे २६ रनमा अउट भए। ओपनर साकिव हकले २४ रन बनाए। अर्जुन कुुमाल भने शून्यमै पेभिलियन फर्किए।

काठमाडौँका लागि दीपेन्द्र रावतले ३ विकेट लिँदा मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौं १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट भएको थियो।

अर्जुन घर्ती ६८ रनको उत्कृष्ट पारि खेल्दै क्याच आउट हुन पुगे। उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। पृथु बास्कोटा अर्धशतकीय पारि खेल्दै आउट भए। उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक पूरा गरे। शिवम् तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३ विकेट लिए। विपीन खत्री र मिलन बोहोराले २–२ विकेट लिए। फाइनलमा गण्डकी हिरोजका किरण ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भए।

समापनमा सभामुख देवराज घिमिरेले खेलकुदको विकासमा सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे।

एकेडेमी अध्यक्ष ध्रुुव आचार्यले अब एकेडेमीले आफ्नै क्रिकेट टिम बनाउने घोषणा गरे। उनले छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षण व्यवस्था गर्ने बताए।

गत २३ चैतदेखि सुरू प्रतियोगितामा १६ टिमको सहभागिता थियो। बागमतीबाट ४ र अन्य प्रदेशबाट २–२ वटा क्लबको सहभागिता रहेको थियो।

गत वर्षको विजेता मधेश प्रदेश हो।

प्रकाशित: ५ वैशाख २०८२ १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast