कार र टिप्पर ठोक्किँदा दुई जनाको मृत्यु

हिमाल प्रेस ५ वैशाख २०८२ १८:१५
42
SHARES
कार र टिप्पर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ– बाराको पथलैया–निजगढ सडकखण्डमा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा कारमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सर्लाही बरहथवा नगरपालिका–१५ हजारियाका ४६ वर्षीय नारायणहरि शर्मा र कार चालक सर्लाही सुन्दरपुर–४ बस्ने जितनारायण साह रहेको प्रहरीले जनाएको छ।

पथलैयाबाट निजगढतर्फ जाँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार र पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर पथलैथा–निजगढ सडकखण्डको १३ किलोमा ठोक्किएको थियो।

दुर्घटनामा कारको अघिल्लो भाग पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने टिपर सडक छेउमा पल्टिएको छ। घटनालगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

प्रकाशित: ५ वैशाख २०८२ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast