गभर्नर बन्ने पक्का भएपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

हिमाल प्रेस ५ वैशाख २०८२ १५:२५
60
SHARES
गभर्नर बन्ने पक्का भएपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौँ- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले राजीनामा दिएका छन्। राष्ट्र बैंक स्रोतका अनुसार भट्टले गभर्नरमा नियुक्ति हुने निश्चित जस्तै भएपछि राजीनामा दिएका हुन्।

नेपाली कांग्रेसका नेताहरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्त गर्ने सहमति भएको छ।

सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरे पनि सत्तागठबन्धनका घटकहरूबीच सहमति नहुँदा सिफारिस हुन सकेको थिएन।

तर, अब भट्टको नियुक्ति लगभग निश्चितजस्तै भएपछि सिफारिस समितिले शुक्रबार नै उनको नाम सिफारिस गर्ने सम्भावना बढेको छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार सिफारिस हुने तीन जनामध्ये कम्तीमा एक जना राष्ट्र बैंकको डेपुटी गभर्नर हुनैपर्छ।

सरकारले गत साता राष्ट्र बैंकका वरिष्ठतम डेपुटी गभर्नर डा.नीलम ढुंगानालाई कार्यवाहक गभर्नर नियुक्त गरेको थियो। नयाँ गभर्नर नियुक्त नभएसम्म उनी कार्यवाहक गभर्नरका रूपमा रहनेछिन्।

प्रकाशित: ५ वैशाख २०८२ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast