सहरमा आजः उज्जल सागरको कन्सर्ट, गजल गुञ्जनसहित हलमा कुनकुन फिल्म?

हिमाल प्रेस ६ वैशाख २०८२ ६:२६
46
SHARES
सहरमा आजः उज्जल सागरको कन्सर्ट, गजल गुञ्जनसहित हलमा कुनकुन फिल्म?

काठमाडौँ- आज नयाँ वर्ष २०८२ को पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

वैशाखको पहिलो शनिबार उपत्यकामा केके हुँदैछ त हेरौं

झम्सिखेलमा गायक उज्जल सागरको कन्सर्ट

गायक तथा संगीतकार उज्जल सागरको आज झम्सिखेलस्थिता मोक्षमा कन्सर्ट हुँदैछ। कन्सर्टमा गायक सागरले आफ्नो ब्याण्डसँग प्रस्तुति दिनेछन्। उनका ‘सुनन’, तिमी खुसी छौ नि’, ‘सुनाखरी’, ‘सन्नाटा’, ‘मिर्मिरे छाया’लगायत थुप्रै गीत चर्चित छ।
कन्सर्टमा सहभागि हुन टिकट सञ्जाल वेबसाइटमा ७ सय र डोर सेलमा १ हजार रूपैयाँ टिकट दर राखिएको छ। कन्सर्ट रैला प्रोडक्सनले आयोजना गरेको हो।

नाचघरमा सांगीतिक गजल गुञ्जन

राष्ट्रिय नाचघर जमलमा आज सांगीतिक गजल गुञ्जन कार्यक्रम हुँदैछ। नेपाल गजल प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रम मध्यान्ह १२ बजे सुरू हुनेछ।

कार्यक्रममा गजलकार टक गुरुङ, डा. भोजराज घिमिरे, सुमी पोखरेल, डा. प्रदीपकुमार मैनाली, रोमा लम्साल, लोकेश संघात, खीम पुन, अनजान यात्री, आँचलकुमार शर्मा, नृपेश उप्रेती, अभिनाश सापकोटा र विनोद बिम्बितले गजल वाचन गर्नेछन्।

मण्डलामा नाटक ‘अर्को एउटा द्रोणाचार्य’
थापागाउँस्थित मण्डला थिएटरमा चैत २१ देखि नाटक ‘अर्को एउटा द्रोणाचार्य’ मञ्चन भइरहेको छ। नाटक भोलि अर्थात् वैशाख ७ सम्म मञ्चन हुनेछ। नाटकका निर्देशक उमेश तामाङ हुन्। भारतीय लेखक डा.शङ्खर शेषको नाटक ‘एक और द्रोणाचार्य’मा आधारित छ। सम्राट भुजेल र श्रीशेषले नाटकको नेपालीमा अनुवाद गरेका छन्।

कोषा आर्टस थिएटरको प्रस्तुति रहेको नाटकमा उमेश सुनाम, कृतिका बस्नेत, आवाश भट्टराई, अर्जुन दुलाल, सनम श्रेष्ठ, भूपि। रोशन, श्रीशेष श्रेष्ठ, दीपेश गजुरेल, प्रेमदेव विश्वकर्मा, स्वर्णिम चापागाईं र सम्राज भुजेलको अभिनय छ।

हलमा कुन कुन फिल्म?

केशरी च्याप्टर २
बलिउड फिल्म ‘केशरी च्यापटर २’ वैशाख ५ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता अक्षय कुमार छन्। फिल्मका निर्देशक करण सिंह हुन्। फिल्ममा पञ्जाबस्थित जलियावाला बागमा सन् १९१९ अप्रित १३ मा भएको हत्याकाण्डमा आधारित छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, लबिम मल, छाया सेन्टर, दरबार सिनेम्याक्स र सिभिल मलमा फिल्मको २९ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘केशरी च्यापटर २’ चलिरहेको छ।

कर्मा
फिल्म कर्मा गतवर्ष चैत २९ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशम सौरभ चौधरी हुन्। फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त,सरिता गिरीलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर,रञ्जना सिनेप्लेक्स, बिग मुभिज र सिके सिनेमाजमा फिल्म चलिरहेको छ।

पिताम्बर
कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ गतवर्ष चैत २९ देखि हलमा प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, प्रमोद अग्रहरि, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिछी स्क्वायर मल, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुरमा फिल्मको २८ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाजमा फिल्म ‘पिताम्बर’ चलिरहेको अन्य हल हुन्।

जात
हिन्दी फिल्म ‘जात’ गतवर्ष चैत २८ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशम गोपीचन्द मालिनेली हुन्। एक्सन, ड्रामा र थ्रिलर जनरामा बनेको फिल्ममा निी देओल मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, छाया सेन्टर, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको १३ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिटी सिनेमाजमा फिल्म जात चलिरहेको छ।

वसन्त
फिल्म ‘वसन्त’ गतवर्ष चैत २२ देखि प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक प्रकाश सपुत हुन्। प्रकाशकै मुख्य भूमिका रहेको फिल्ममा स्वस्तिमा खड्का प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्ग बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ। फिल्ममा विपन्न विश्वकर्मा समुदायका छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विश्वज्योति हल फिल्म ‘वसन्त चलिरहेका अन्य हल हुन्।

अ माइनक्राफ्ट मुभि
अंग्रेजी फिल्म ‘अ माइनक्राफ्ट मुभि’ नेपालमा गतवर्ष चैत २२ देखि प्रदर्शन भइरहेको छ। एक्सन, कमेडी र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक जारेड हेस हुन्। फिल्ममा जेनिफर कूलिज, जेसन मोमोआ, एम्मा मायर्सलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, लबिम मल र वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

अञ्जिला
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो ‘अञ्जिला’। फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ।
यो फिल्म गतवर्ष फागुन २९ देखि हलमा चलिरहेको छ। एञ्जिला स्वयःको अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको १० सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, मा फिल्म ‘अञ्जिला’ चलिरहेको छ।

होस्टेल ३
गतवर्ष फागुन २३ देखि हलमा ‘होस्टेल ३’प्रदर्शन भइरहेको छ। होस्टेलकै कथामा बनेको फिल्ममा सबै कलाकार नयाँ छन्।फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ। सशान कँडेलको निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ।

शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

लाज शरणम्
गतवर्ष फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म ‘लाज शरणम्’ को सो छ।

प्रकाशित: ६ वैशाख २०८२ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast